ल्याप्टप चोरेपछि ल्याप्टप मालिकलाई आयो चोरको भावुक इमेल

सहयात्रा टिभी

एजेन्सी । मंसिर–१८, बेलायतको ब्रिमीङघममा हाल एक ल्याप्टप चोर निकै चर्चामा आएका छन् । एक फ्ल्याटबाट विश्वविधालयका विद्यार्थीको ल्यापटप चोरी भएको केहि दिनमा नै उक्त ल्याप्टप चोरले एक भावुक इमेल पठाएसँगै सो विषय चर्चामा आएको हो ।

चोरले पठाएको इमेलमा आफुले ल्यापटप चोरी गरेकोमा माफी माग्दै गरिवीका कारण आफुले चोरी गरेको उल्लेख गरेको छ। इमेलमा आफुले ल्यापटप मात्र लागेको तर फोन र वालेट नलगेको बताइएको छ ।

चोरले ल्याप्टप मालिक विश्वविद्यालयको विद्यार्थी भएकोले ल्यापटपमा कुनै महत्वपूर्ण डकुमेन्ट भएमा जानकारी गराए आफुले ति डकुमेन्ट इमेलमा पठाइदिने जानकारी समेत गराएको छ ।
तिमी विश्वविद्यालयको विद्यार्थी भएकोले ल्यापटपमा कुनै महत्वपूर्ण डकुमेन्ट भएमा जानकारी गराए आफुले ति डकुमेन्ट इमेलमा पठाइदिने जानकारी समेत गराएको छ ।

प्रकाशित : 4 December, 2018

प्रतिक्रिया दिनुहोस्