क्रिकेटर सन्दीप लामिछाने क्याम्पस भर्ना

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–१८, चर्चित युवा क्रिकेटर सन्दीप लामिछाने क्याम्पस भर्ना भएका छन् । मंगलबार बिहान बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा सन्दिप आँफै पुगेर भर्ना फारम भरेका हुन् ।

सन्दीप मानविकी संकाय अन्तरगत बीएसडब्लु (ब्याचलर इन सोसल वर्क)मा भर्ना भएका छन् । उनलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेज प्रशासनले जनाएको छ ।

क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न जाने सन्दिपको भनाइ छ ।

प्रकाशित : 4 December, 2018

प्रतिक्रिया दिनुहोस्