इङ्लिस प्रिमियर लिग : सिटीद्धारा वाटफोर्ड २–१ले पराजित

एजेन्सी । मंसिर–१९, इङ्लिस प्रिमियर लिगअन्तर्गत मंगलबार राती भएको खेलमा सिटीले वाटफोर्डलाई उसैको मैदानमा २–१ गोलले पराजित गरेको छ । सिटीले ४०औं मिनेटमा लेरोए सानेको गोलबाट अग्रता बनाएको थियो ।
५१औं मिनेटमा रियाद महारेजले गोल गर्दै सिटीको अग्रदा दोब्बर बनाए ।वाटफोर्डका लागि ८५औं मिनेटमा एबिडौलाय डाउकोरेले सान्त्वना गोल गर्दै टोलीलाई खेलमा फर्काउने प्रयास गरे । तर अन्तिममा सिटीले रक्षात्मक खेल खेल्दै टोलीको जित सुनिश्चित बनायो ।
सिटी यस जितसँगै १५औं खेलसम्म अपराजित रहेको छ । जितसँगै शीर्ष टोली सिटीले १५ खेलबाट ४१ अंक बनाएको छ । सिटीले दोस्रो स्थानमा रहेको लिभरपुलसँगको दुरी ५ अंकले बढाएको छ । २० अंक बनाएको वाटफोर्ड ११औं स्थानमा छ ।