दृष्टिविहिन महिलाको विवाहमा पाहुना पुगे आँखामा पट्टी बाँधेर
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । मंसिर–१९, अष्ट्रेलियाको क्विन्सल्याण्डमा एक दृष्टिविहिन महिलाको विवाहमा उपस्थित भएका पाहुनाहरु आँखामा पट्टी बाँधेर पुगेका थिए । दृष्टिविहिन बेहुली आँफैले सम्पूर्ण पाहुनाहरुलाई आँखामा पट्टी बाँधेर उपस्थित हुन भनेकी थिइन् ।
३२ वर्षकी स्टेफ एग्न्यूको विवाहमा उपस्थित सबैले आफूले झैं महसुस गरुन् भन्ने उनको चाहना थियो । नोभेम्बर २५ तारिखमा स्टेफले रब क्याम्पबेलसँग विवाह गरेकी हुनु ।
१९ वर्षको हुँदा कोन–रोड डिस्ट्रोफी नामक रोगले च्यापेपछि उनको आँखाको ज्योती क्रम गुम्दै गएको हो । उनी अहिले पूर्ण रुपमा दृष्टिविहिन छिन् । फोटोग्राफर जेम्स डे र भिडियोग्राफर लेमन ट्रि फिल्म हाउससँग कुराकानी हुँदा आँखामा पट्टी बाँध्ने आइडिया आएको स्फेटले बताइन् ।