लिबियाको पश्चिमी तटीय क्षेत्रमा १५ आप्रपासी डुबे
सहयात्रा टिभी
एजेन्सी । मंसिर–१९, लिबियाको राजधानी त्रिपोलीबाट २५० किलोमिटर पूर्वमा पर्ने शहर मसुरतामा एक जलक्षेत्रमा भएको डुङ्गा दुर्घटनामा १५ जना आप्रवासीको मृत्यु भएको छ ।
गैरकानुनी रुपमा सो जलक्षेत्रमा आएका ती आप्रवासीको दुर्घटनामा मृत्यु भएको ‘द लिबयान रेड क्रिसेन्ट’ले बिहीबार जानकारी दिएको छ ।
एउटा रबर–निर्मित डुङ्गामा गैरकानुनी रुपमा सवार २५ जना आप्रवासीमध्ये १५ जनाको डुबेर मृत्यु भएको छ भने अन्य १० जनाको उद्धार गरिएको लेबनान रेड क्रिसेन्टका प्रवक्ताले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।
हजारौं आप्रवासीहरु गैरकानुनी रुपमा भू–मध्यसागर हुँदै लिबियाबाट युरोप पुग्ने गरेका छन् । सिन्ह्वा