शिक्षकले गालिगलौज गरेपछि छात्राले गरिन आत्महत्या

सहयात्रा टिभी

एजेन्सी । मंसिर–२०, भारतको राजधानी नयाँ दिल्लीमा कक्षा ७ मा अध्ययन गर्ने एकजना छात्राले आत्महत्या गरेकी छिन् । शिक्षकले पटक पटक गालीगलौज गरेकाले छात्राले आत्महत्या गरेको बताइएको छ ।

नयाँ दिल्लीको इन्द्रपुरी क्षेत्रकी ती छात्राले आत्महत्याको कारण खुलाउँदै एउटा पत्र समेत लेखेको प्रहरीले जनाएको छ ।

छात्राका अभिभावकका अनुसार शिक्षकले ती छात्रालाई पटकपटक गालीगलौज गर्ने गरेका थिए । प्रहरीले उक्त घटनाका सम्बन्धमा छानबिन शुरु गरेको छ । एएनआई

प्रकाशित : 6 December, 2018

प्रतिक्रिया दिनुहोस्