स्पानिस ला लिगा : रियल मड्रिडद्धारा हुएस्का पराजित

सहयात्रा टिभी

एजेन्सी । मंसिर–२४, स्पानिस ला लिगामा आइतबार रियल मड्रिडद्धारा हुएस्का पराजित भएको छ । अवे मैदानमा भएको खेलमा गारेथ बेलले गरेको एकमात्र गोलको मद्दतमा रियलले हुएस्कामाथि १-० को कठिन जित हात पारेको हो।

रियलका लागि बेलले खेलको आठौँ मिनेटमै गरेको गोल निर्णायक बन्यो।जितपछि १५ खेलबाट २६ अंक जोडेको रियल अंक तालिकामा चौथो स्थानमा उक्लेको छ।

रियल शीर्ष स्थानको बार्सिलोनाभन्दा ५ अंकले पछि छ। १५ खेलबाट ३१ अंक जोडेको बार्सिलोना शीर्ष स्थानमा छ भने समान २८ अंक रहेका सेभिया र एट्लेटिको मड्रिड दोस्रो र तेस्रोमा छन्।

प्रकाशित : 10 December, 2018

प्रतिक्रिया दिनुहोस्