केपी ओली प्रचण्ड माधव नेपाल एमाले


महिनावारी स्वच्छता दिवस सरकारी स्तरबाट मनाइने

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२५, महीनावारीलाई सुरक्षित व्यवस्थापन गर्न किशोरीलाई नेपालगञ्जमा प्याड बनाउन सिकाइएको छ । बाँके र बर्दियाका विभिन्न नगरपालिका र गाउँपालिकाका समुदायबाट सहभागी किशोरीलाई महीनावारीसम्बन्धी अभिमुखीकरणसहित प्याड बनाउन सिकाइएको हो ।

भविष्यमा स्थानीयस्तरमा सस्तो मूल्यमा प्याड किन्नसक्ने अवस्था सिर्जना गर्न स्थानीय किशोरीलाई सीप प्रदान गरिएको गेरुवाका टोली प्रमुख केशव राणाले बताए ।

महीनावारीलाई सुरक्षित तरिकाले व्यवस्थापन गर्न नसकेकै कारण बाँके र बर्दियामा अहिले पनि किशोरी विद्यालय छाड्न बाध्य रहेको उनले उल्लेख गरे । विद्यालयस्तरमा समेत महीनावारी स्वच्छता व्यवस्थापनका लागि सहज वातावरण नहुँदा महीनामा करीब पाँचदेखि सात दिनसम्म किशोरीको अध्ययनमा बाधा हुने गरेको उनको दाबी छ ।

महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख प्रज्ञा निरौलाले यो सीप केही व्यक्तिमा मात्र सीमित नभएर सबै किशोरीलाई प्रदान गर्न सकिए किशोरीमा आउने धेरै समस्या निराकरण हुने बताए । स्थानीयस्तरमा आर्थिक समस्याका कारण हुने असुरक्षित महिनावारी व्यवस्थापन गर्न सहयोग पुग्ने उनको विश्वास छ । रासस

प्रकाशित : 11 December, 2018

प्रतिक्रिया दिनुहोस्