आज नेप्सेमा झिनो अंकको वृद्धि

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२६, आज सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ०.०८ अङ्कले बढेको छ ।नेप्सेमा आज कारोबार भएका १० समूहमध्ये ५ समूह ओरालो तथा ५ समूहमा सुधार आएको छ । जलविद्युत र जीवन बिमा समूहले बजार उचालेपछि अन्तिम समयमा आएर बजार सकारात्मक अवस्थामा रोकिएको हो ।

जलविद्युत ३५.७७ अङ्कले तथा बिमा २३.६४ अङ्कले बढ्दा होटल ३७.२७ तथा निर्जीवन बिमा १०.६९ अङ्कले घटेको छ । नेप्सेमा आज १ सय ५६ कम्पनीका २ हजार ८ सय १७ कारोबारबाट ८ लाख ६५ हजार कित्ता सेयर खरिदबिक्री भई २६ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बुधबार सोल्टी होटलको सेयर मूल्य ५८।४६ प्रतिशतले बढ्दा सिटिजन्स बैङ्कको सेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

प्रकाशित : 12 December, 2018

प्रतिक्रिया दिनुहोस्