=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन

सहयात्रा टिभी

ललितपुर । मंसिर–२७, महिला तथा बालबालिकाको विषय स्थानीय तहले हेर्ने भए पछि अहिले महिला तथा बालबालिका विभाग जिम्मेवारीविहीन भएको छ ।

विभागको दरबन्दी आधाभन्दा बढी कटौती भएको र बाँकी कर्मचारीसमेत जिम्मेवारीविहीन भएको यहाँ कार्यरत शाखा अधिकृत विनोदकुमार खनालले बताए । सबै अधिकार स्थानीय तहमा गइसकेपछि अहिले विभागमा कुनै पनि कार्यक्रम छैन ।

स्थानीय निकायका विभिन्न स्थानमा विभागको प्रतिनिधित्व हुने र स्थानीय तहमा गएका सम्पत्तिको विवरण राख्नेबाहेक अरु काम विभागसँग अहिले नभएको जानकारी दिँदै उनले भने, “राष्ट्रपति महिला उत्थान कार्यक्रमका लागि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले कार्यनीति बनाउन लागेकाले त्यो कार्यक्रम यहाँ आउला अरु कार्यक्रम अब सिधैँ स्थानीय तहमा नै जान्छ ।”

सङ्घीयता कार्यान्वयन हुनुभन्दा पहिले विभागमा ५३ जनाको दरबन्दी भएकामा कटौती भएर १९ जनाको दरबन्दी रहेको छ । तीमध्ये कतिपय कर्मचारी व्यवस्थापनका लागि मात्रै यहाँ रहेको जानकारी गराउँदै शाखा अघिकृत खनालले भने, “अहिले यहाँ भएका कर्मचारीको केही काम छैन ।” विभागमा कुनै कार्यक्रम नभएपछि कार्यालय सुनसान देखिन थालेको छ । रासस

प्रकाशित : 13 December, 2018

प्रतिक्रिया दिनुहोस्