बैंक अफ काठमाण्डौंले २५ प्रतिशत लाभांश दिने

सहयात्रा टिभी

काठमाण्डौं । मंसिर–२८, बैंक अफ काठमाण्डौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । आर्थिक वर्ष २०७४/७५ को नाफाबाट बैंकले १४ प्रतिशत शेयर लाभांश र ११ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो ।

बैंक सञ्चालक समितिले विहीबार उक्त निर्णय गरेको हो । बैंकले प्रस्ताव गरेको उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत तथा बैंकको साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीलाई वितरण गरिनेछ ।

बैंकले आव २०७४/७५ मा रु एक अर्ब ५४ करोड ८६ लाख ६८ हजार वितरणयोग्य मुनाफा गरेको थियो । बैंकको हाल चुक्ता पूँजी रु सात अर्ब सात करोड ९६ हजार रहेको छ । लाभांश वितरण पछि बैंकको चुक्ता पूँजी रु आठ अर्ब भन्दा बढी पुग्नेछ । रासस

प्रकाशित : 14 December, 2018

प्रतिक्रिया दिनुहोस्