विहानै ४ किलो मासु खाने एक व्यक्ति एकै हातले ट्याक्टर रोक्न सक्छन्
सहयात्रा टिभी
एजेन्सी । पुष–१, आफ्नो बलको कारण विश्वभर चर्चित बन्दै आएका पाकिस्तानका एक व्यक्ति एकै हातले ट्याक्टर रोक्न सक्छन् । रबाब खिजर हयात नामका २५ वर्षीय उक्त युवकको तौल ४३५ केजी रहेको छ ।
डब्यूडब्यूमा काम गर्न रुचाउने हयातको शरिर निकै वजनदार देखिन्छ । ६.५ फिटका उनले गुडिरहेको ट्याक्टरलाई एकै हातले रोकेको भिडियो सामाजिक संजालमा सार्वजनिक भएपनि उनको चर्चा विश्वभर बढेको हो ।
उनी विहानको खाजामा ४ केजी मासु, ३६ वटा अण्डा र पाँच लिटर दुध पिउने गर्छन् । उनको खान्की सुन्दा नै सबैमा आश्चर्य छाउने गर्छ । उनी आफ्नो तौल अझै बढाउने तरखरमा रहेको बताइएको छ । उनको शरिरको तौल अत्याधिक भए पनि उनमा हाल सम्म कुनै स्वास्थ्य समस्या भने देखिएको छैन् ।