केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बिहेको भोजमा रक्सी खाँदा तीनजनाको मृत्यु

सहयात्रा टिभी

रुकुम पश्चिम । पुष–२, रक्सी खाएका कारण रुकुम पश्चिममा ३ जनाको ज्यान गएको छ । जिल्लाको मुसिकोट नगरपालिका वडा नं. १२ का अम्मर विकको घरमा मदिरा सेवा गरेर सुतेका ३ जनाको ज्यान गएको हो ।

सानीभेरी गाउँपालिका–९, मगरराङजाका ६३ वर्षीय खम्बु कामी, मुसिकोट नगरपालिका–११, भलाक्चा लहुँका ५४ वर्षीय कमानसिङ सार्की र मुसिकोट नगरपालिका–१२, नयाँ गाउँका २१ वर्षीय पलबहादुर विकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आइतबार एक स्थानीयको बिहेको भोजसहित मदिरा सेवन गरेर सुतेका उनीहरु सोमबार बिहान मृत फेला परेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले बताए । विषाक्त रक्सी सेवन गरेका कारण उनीहरुको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेको डीएसपी खड्काले बताए ।

५ जनामध्ये ३ जना मृतकले सेवन गरेको रक्सी र अरु २ जनाले सेवन गरेको रक्सी फरक–फरक पाइएको पनि डीएसपी खड्काले बताए । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । रासस

प्रकाशित : 17 December, 2018

प्रतिक्रिया दिनुहोस्