केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मरिच कतिको खानुहुन्छ ? जानिराख्नुस है यसका फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । पुष–३, मरिच एक मसलाको रुपमा प्रयोग हुने वस्त हुने । मसिनो र कालो दाना हुने मरिचलाई तरकारीहरुमा, चियामा, खिरलगायतका खानेकुराहरुमा मसलाको रुपमा प्रयोग गरिन्छ । यो स्वास्थ्यको लागी निकै फाइदाजनक हुने गर्दछ । यसमा ज्वरो, रुघाखोकी, पाचनप्रणाली दुर्बलता लगायतका समस्याको समाधान गर्न सक्ने क्षमता हुन्छ ।

मरिच सुगंधित, उत्तेजक र स्फूर्तिदायक वस्तु हो । आयुर्वेद र यूनानी चिकित्साशास्त्रहरूमा यसको उपयोग कफ, वात, श्वास, अग्निमांद्य उन्निद्र इत्यादि रोगहरूमा भनिएको छ । भोक बढाउने र ज्वरो कम गर्नलाई दक्षिण भारतमा यसको विशेष प्रकारको ‘रसम’ खानासँग पिइन्छ । भोजनमा मसलाको रूपमा यसको उपयोग सर्वत्र हुन्छ ।

मरिचका फाइदाहरुलाई निम्नानुसार हेर्न सकिन्छ :

–पायल्सको समस्याबाट छुट्कारा दिलाउछ
पायल्स एवं अर्थराइटिस स्पायल्सका रोगीका लागि मरिच प्रभावकारी औषधी हो । पायल्सबाट छुट्कारा पाउनका लागि मरिच, जीरा र चिनी वा मिश्रीलाई पिसेर मिसाउने र बिहान-बेलुकी २ देखि ३ चोटी खानाले पायल्सका रोगीको लागि फलदायी हुन्छ ।

–पेट भित्रका किटाणुहरु नष्ट गर्न
मरिचलाई मोही वा किसमिससँग मिसाएर पिउँदा पेट भित्रका अनावश्यक किटाणुहरु भगाउन सकिन्छ। यसले आन्द्राको अवस्थामा पनि सुधार ल्याउँछ। खाना अपच तुलसी र पुदीनाको पातसँगै मरिचको धुलो मिलाएर पानीमा पकाउने र सेवन गर्ने हो भने अपचको समस्या टाढै हुन्छ ।

–ज्वरो र खोकीको समस्या समाधान
ज्वरो आएका बेला मरिचलाई हल्का तातो दुधमा मिसाएर पिउँदा आराम मिल्छ। यसका साथै महमा मरिच मिसाएर दिनमा दुई तीन पटक खानाले खोकी निको हुन्छ। मरिचले पिनासको समस्या समेत ठिक गर्छ ।

–रक्तचापको नियन्त्रण
ब्लड प्रेसर बढेका बेला आधा गिलास पानीमा एक सानो चम्चा मरिचको धुलो मिसाएर पिउनु लाभदायक हुन्छ। मरिचका धेरै फाइदाहरु भएपनि यसको सेवन गर्नुपूर्व आफ्नो शरिरको अवस्थाका बारेमा जानकारी लिएर मात्र सेवन गर्नुपर्छ।

–कफ जमेर गाह्रो भएमा
कफ जमेर गाह्रो भएको छ भने फुराएको मरिचको धूलो १ चिम्टी १ चम्चा महमा फिटेर दिनको ३–४ पटक चाट्ने गरेमा केही दिनमै ठीक हुन्छ ।

–आँखाको कुनै पनि समस्या भएमा
गाईको घ्यूमा मरिचको धूलो तताएर भातमा मिसाएर खाने गरेमा आँखा सम्बन्धि देखिएका समस्याहरु समाधान हुन सक्छ ।

–एसिडिटीबाट छुट्कारा
मरिचलाई कालो (बिरे)नुन र कागतिसँग मिसाएर खाँदा एसिडिटीबाट आराम मिल्छ। मरिचको धुलो र कागतीको रस हालेर तातो पानी पिउनाले एसिडिटीबाट छुट्कारा पाउन सकिन्छ।

प्रकाशित : 18 December, 2018

प्रतिक्रिया दिनुहोस्