केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गुप्ताङगमा सुन लुकाएर ल्याउने एक जना पक्राउ

सहयात्रा टिभी

काठमाण्डौं । पुष–३, त्रिभुवन विमानस्थलबाट एक जना आधा किलो सुनसहित पक्राउ परेका छन् । कतार एयसवेजबाट काठमाण्डौं आउँदै गरेका एक व्यक्तिले गुप्ताङगमा सुन लुकाएको पाइएपछि पक्राउ गरिएको हो ।

पक्राउ पर्ने चितवन घर भएका अमित घिसिङ रहेका छन् । प्रहरीले आज दिउँसो ५१४ ग्राम सुन सहित घिसिङलाई पक्राउ गरेको हो ।

विदेशबाट फर्कने नेपालीले प्रतिव्यक्ति ५० ग्राम सुन मात्र ल्याउन पाउँछ । सो भन्दा बढि परिमाण भएमा स्वत अवैध मानिन्छ ।

प्रकाशित : 18 December, 2018

प्रतिक्रिया दिनुहोस्