तीन युवा खेलाडीले सेहवागको एकेडेमीमा प्रशिक्षण गर्ने

काठमाण्डौं । पुष–३, सुशील कोइराला मेमोरियल पाउण्डेसनले तीन युवा क्रिकेटरलाई प्रशिक्षणका लागि नयाँदिल्लीस्थित सहवाग क्रिकेट एकेडेमीमा पठाउने भएको छ ।
‘एसकेएमएफ क्रिकेट स्कलरसिप’का लागि पहिलो वर्ष भूपेन्द्रकुमार उप्रेती, ऋत गौतम र त्रितराज दास छनोट भएका छन् । तीन खेलाडीको प्रशिक्षणमा लाग्ने सम्पूर्ण खर्च फाउन्डेसनले व्यहोर्नेछ । युवाहरुलाई विश्वस्तरीय प्रशिक्षण दिलाउने उद्देश्यले छात्रवृत्ति दिन लागिएको उसले बताएको छ ।सहवाग क्रिकेट एकेडेमी भारतका भेट्रान क्रिकेटर वीरेन्द्र सहवागले स्थापना गरेका हुन् ।