एक वर्षसम्म मोबाइल नचलाउनुस, एक करोड १४ लाख पुरस्कार पाउनुस

एजेन्सी । पुष–४, भिटामिन वाटर नामको एक कम्पनीले एक अनौठो प्रतिस्पर्धाको आयोजना गरेको छ । उक्त प्रतिस्पर्धामा भाग लिने व्यक्तिले एक वर्षसम्म आफ्नो मोबाइल फोन वा ट्याबलेट चलाउन पाउने छैनन् । कोकाकोलाको स्वामित्वमा रहेको यो कम्पनीले प्रतिस्पर्धाको सर्त पुरा गर्ने प्रतिस्पर्धीलाई एक करोड १४ लाख रुपयाँ पुरस्कार प्रदान गर्नेछ ।
भिटामिन वाटरको #nophoneforayear को प्रतिस्पर्धाको लागी प्रतिस्पर्धीले आफ्नो लगायत अरु कसैको पनि मोबाइल, फोन चलाउन पाउने छैन् । प्रतिस्पर्धाको अवधिभर प्रतिस्पर्धीले एउटा सम्झौता पत्रमा हस्ताक्षर गर्नुपर्छ ।
यो अचम्मको प्रतिस्पर्धामा भाग लिन ट्वीटर वा इन्स्टाग्राममा फोटो पोष्ट गर्दै भिटामिन वाटरलाई आफ्नो स्मार्टफोनबाट किन ब्रेक चाहिएको छ भनेर बताउनुपर्नेछ । यसमा तपाईंले ह्यासट्याग #nophoneforayear र #contest पनि प्रयोग गर्नुपर्छ ।
रचनात्मक, रमाइला र क्वालिटीको आधारमा निर्णय लिइनेछ । प्रतिस्पर्धामा भाग लिनका लागि जनवरी ८ तारिखसम्मको समय छ । कम्पनीले जनवरी २२ तारिखमा प्रतियोगीको घोषणा गर्नेछ । यस विषयमा पूर्ण जानकरी भने सार्वजनिक गराइसकेको छैन ।