=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


सिक्टामा माटोमै समस्या रहेको विदेशी विज्ञको भनाइ

सहयात्रा टिभी

बाँके । पुष–५,सिक्टा सिँचाइ आयोजनाको पश्चिम मूल नहर पटक–पटक भत्किन थालेपछि बेलायत र अष्ट्रेलियाबाट झिकाइएका माटोविज्ञले नहर अवलोकन गरी भत्केको खण्डमा घुलनशील माटोकै कारण समस्या आएको निष्कर्ष निकालेका छन् ।

विज्ञले गत मङ्सिर २५, २६ र २७ गते मूल नहर तथा भत्केको खण्डको सुक्ष्म निरीक्षण गरेको जानकारी दिँदै आयोजना प्रमुख कृष्णप्रसाद नेपालले भने, “उनीहरूले फिल्डमै गएर केही ठाउँको माटो परीक्षण गरे, निरीक्षणको अन्तिम दिन छलफल भयो, माटोमा समस्या रहेको औँल्याइएको छ ।” विज्ञहरूले परीक्षण गर्न माटो लैजान चाहेको तर सरकारी प्रक्रिया लामो हुने भएकाले उनीहरूले नलगेको चर्चा गर्दै उनले थप अध्ययन गर्न पुराना कागजात लागिएको र करीब एक महीनाभित्र प्रतिवेदन पेश गरिने जानकारी दिए ।

घुलनशील माटोमाथि अम्लियपन बढी भएको माटो भरेर वा छोपेर पानी चुहिन नदिने प्रक्रिया अपनाउन सकिने र समस्याग्रस्त ठाउँमा तल–माथि र दायाँ–बायाँ ‘काउन्टर बर्म’ ड्रेनेज निर्माण गर्नुपर्ने पनि विज्ञहरूले सुझाएका थिए । पश्चिम मूल नहरको ४५ किमीमध्ये २० देखि ३५ किमी खण्डमा बढी समस्या देखिएको छ ।

प्राकृतिक भौगर्भिक समस्याले नहर भत्किए पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा इञ्जिनीयरको दोष देखाउँदै निर्माणमा संलग्न उच्च अधिकारी, ठेकेदार तथा परामर्शदाताले आर्थिक अनियमितताको आरोपमा २१ जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । रासस

प्रकाशित : 20 December, 2018

प्रतिक्रिया दिनुहोस्