काराबाओ कप : चेल्सी र टोट्टनहाम सेमिफाइनलमा

सहयात्रा टिभी

एजेन्सी । पुष–५, चेल्सी र टोट्टनहाम काराबाओ कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राती भएको खेलमा चेल्सीले प्रिमियर लिग प्रतिद्वन्द्वी बर्नमाउथलाई १–० गोलले हरायो । अर्को खेलमा टोट्टनहामले बलियो प्रतिद्वन्द्वी आर्सनललाई २–० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो ।

घरेलु मैदानमा जितका लागि कडा संघर्ष गर्नु परेको चेल्सीका लागि इडेन हाजार्डले ८४औं मिनेटमा निर्णायक गोल गरेका थिए । हाजार्डले इमर्सनको पासमा गरेको गोलनै चेल्सीका लागि प्रयाप्त बन्यो । खेलको सुरुवातदेखिनै पल पोसेसनमा नियन्त्रण जमाएको चेल्सीले थप गोल भने गर्न सकेन । चेल्सीलाई बल रोक्न अब्बल देखिएको बर्नमाउथलको गोल गर्ने प्रयास पनि असफल बन्यो ।

सैगरी अर्को खेलमा टोट्टनहामले आर्सनलमाथि दवदवा जमाएको थियो । एकपक्षीय खेलमा टोट्टनहामका लागि ह्युङ मिन सनले २०औं र डेल अलीले ५९औं मिनेटमा गोल गरेका थिए । सेमिफाइनलमा चेल्सी र टोट्टनहामबीचनै प्रतिस्पर्धा हुनेछ । अर्को सेमिफाइनलमा म्यानचेस्टर सिटी र लिग वान क्लब बर्टन अल्वियोन भिड्नेछन् । सिटी र बर्टनले यसअघिनै सेमिफाइनलमा स्थन बनाइसकेका थिए ।

प्रकाशित : 20 December, 2018

प्रतिक्रिया दिनुहोस्