युनानी कम्पनिका अर्गानिक खाद्यवस्तुहरुको पर्दशनि कार्यक्रम सम्पन्न
काठमाण्डौं । पुष–९, युनानका उत्पादनहरुको पर्दशनि बैठक ( युनान स्पेसिलिटिज स्क्जिबिसन प्रमोसन मिटिङ एजेन्डा ) कार्यक्रम सम्पन्न भएको छ । आइतबार होटल एण्ड यति, दरबारमार्गमा चिनको युनान प्राप्तमा उत्पादित अर्गानिक खाद्यवस्तुहरुको प्रबद्र्धनका लागि पर्दशनि कार्यक्रम गरिएको थियो ।
पर्दशनि कार्यक्रममा युनानी कम्पनीहरुले उत्पादन गरेका अर्गानिक खाद्यवस्तुहरुका केहि नमुना पदर्शन गरिएको थियो । त्यसमा चकलेट, रोज प्रोडक्सन, साल्टबाथ प्रोडक्ट, सानिक्यू र ग्रास्टोडिया, रोज टि र सुगर, हाइट फ्रुट ड्रइ लगायतका अर्गानिक खाद्यवस्तुहरु राखिएको थियो ।
कार्यक्रममा सरकारी एजेन्सी, एन.जी. ओ हरु, नेपालका व्यवसाहिक कम्पनीहरु, चाइनिज कम्पनीहरु, संचार क्षेत्रका व्यक्तिहरु लगायतको भव्य उपस्थिति थियो ।
कार्यक्रममा युनान कमर्सियल रिप्रिजेन्टिभ अफिस इन काठमाण्डौंका उपनिर्देशक उ लिङचिङले युनानका उत्पादित अर्गानिक खाद्यवस्तु, नेपालमा यसको साखा विस्तार, पर्दशनि कार्यक्रम लगायत सम्बन्धित सम्पूर्ण विषयको अवगत गराएका थिए ।
विगत चार वर्षदेखि उक्त युनानी कम्पनिहरुका साखाहरु नेपाल, भारत श्रीलङ्का, बंगलादेश लगायतका देशहरुमा विस्तार भइरहेको लिङचिङले जानकारी गराए ।
नेपाल र चीनको भौगोलिक अवस्था, प्राकृतिक स्रोतहरु, मौसमी अवस्था, कृषिजन्य उत्पादन लगायत धेरै कुरा मिल्ने हुँदा युनानले उक्त कम्पनिको लागि नेपाल पनि एक विशेष ठाउँ भएको कार्यक्रममा बताइएको छ ।
युनान सरकारले पनि अर्गानिक खाना, वातारवरण मैत्री उर्जा र स्वास्थ्य तथा दिर्घजीवनमा जोड दिएको कुरालाई पनि कार्यक्रममा लिङचिङले प्रस्तुत गरेका थिए ।
त्यसैगरी कार्यक्रममा एम्बिसि अफ द पिपल्स रिपब्लिक अफ चाइना इन नेपालका इकोनोमिक एण्ड कमर्सियल काउन्सिलर जाङ फ्यान, नेपाल कम्युनिष्ट पार्टिका केन्द्रिय सदस्य टंक प्रसाद कार्कि, नेपाल चाइना स्क्जिटिभस काउन्सिलका चेयरमेन अनुप राजन भट्टराइ त्यसैगरि ट्रेड फेयर कमिटिका चेयरमेन दिल सुन्दर श्रेष्ठले आ–आफ्नो मन्तव्य राखेका थिए ।
युनानको यस किसिमको उत्पादन र नेपालसँगको सहकार्यले नेपाल र चीनविचको सम्बन्ध प्रगाढ बन्दै जाने कुरामा अधिकांश वक्ताहरुले जोड दिएका थिए ।