राम थापाको काँचो बयर बजारमा

सहयात्रा टिभी

रुपन्देहि । पुष–१०, गायक राम थापाको नयाँ लोक दोहोरी गित काँचो बयर बजारमा आएको छ । भजन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका गायक थापाले भजन गितसँगै लोकदोहोरी गित पनि बजारमा ल्याएका हुन ।

थापाको उक्त गितलाई पुर्व प्रधानमन्त्री एवं ने.क.पा. का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा एक कार्यक्रममा बिमोचन गरे ।नेकपाका महासचिब बिष्णु पौडेल, भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल वालयोगेश्वर महाराजको उपस्थितीमा उनको गितको बिमोचन गरिएको थियो ।

गितको शुभकामना दिदैं प्रचण्डले युवा पिढिहरु बिदेशी संगित र सभ्यतामा रमाइरहेको अवस्थामा नेपाली लोक गितलाई माया गरेर नयाँ मौलिक लोक दोहोरी गित सृजना हुन आवश्यकता रहेको बताए । खुशी व्यक्त गर्दै आगामी दिनमा अझै प्रगतिको कामना व्यक्त गरे । गायक थापा तथा गायिका शान्ति श्री परियारको स्वर रहेको उक्त गितमा लय तथा शब्द संकलन सि. पि. मगरको रहेको छ ।

हाल सांगीतिक बजारमा सि। पि। मगरको सिर्जनाले सबै श्रोताहरुको मन जित्न सफल रहेको छ। कामना डिजिटल प्रा। लि। को प्रस्तुतिमा म्युजिक नेपाल द्वारा बजारमा ल्याइएको उक्त गितको भिडियोमा भरत थपलिया तथा भावना बन्जाराको उत्कृष्ट अभिनय रहेको छ। थारु तथा भोजपुरि भाषाका फिल्म तथा म्युजिक भिडियोमा निर्देशन तथा कोरियोग्राफि गरिसक्नु भएका बरिस्ठ निर्देशक दिपक चौधरीले निर्देशन गर्नु भएको छ भने सहायक निर्देशन खेम खनालको रहेको छ।

संगीत तथा नाटकको माध्यमबाट समाजका बिकृत चेतनालाई हटाउँदै सभ्य र सु९साशित समाज बनाउने महान अभियानमा देश तथा बिदेशमा चर्चित संस्कार समूह का कलाकारहरुको विशेष सहयोग र अभिनय रहेको छ।

प्रकाशित : 25 December, 2018

प्रतिक्रिया दिनुहोस्