महान विद्धानहरुका केहि महान र मननयोग्य विचारहरु
काठमाण्डौं । पुष–१२, मानिस सफल हुनको निम्ति कोहि न कोहिबाट प्रेरित भएको हुनपर्छ । प्रत्येक सफल मानिसले आफ्नो सफलताको पछि कुनै व्यक्ति वा कसैको भनाइलाई प्रेरणाको स्रोत मानेको धेरै उदाहरणहरु हाम्रा सामु छर्लङ्ग छन् ।
कतिपय विद्धानहरुको महत्वपूर्ण वाणीले मानिसको पुरै जीवनलाई परिवर्तन समेत गर्न सक्छ । त्यसैले विद्धानहरुको वाणी वा भनाइहरु जीवनको सफलताको लागी, ज्ञान प्राप्त गर्नको लागी, प्रेरणा प्राप्त गर्नलगायत अनेक तरिकाले लिन सकिन्छ ।
केहि महान व्यक्तिका केहि महान वाणीहरु
– अन्त्यतर्फ हामी शत्रूका कठोर शब्दहरू होइन बल्की मित्रका कठोर मौनताहरू सम्झन्छौ । – मार्टिन लुथर किंग
–मलाई माया गर या घणा गर दुवै मेरो पक्षमा छन् । यदि तिमी मलाई माया गर्छौ भने म सधै तिम्रो हृदयमा हुनेछु र घृणा गर्छौ भने तिम्रो मस्तिष्कमा । – विलियम शेक्सपियर
–गुडबाइ भन्ने तिनीहरूका लागि मात्र हो जसले आखाँद्वारा प्रेम गर्दछन् । तिनीहरू जो हृदय र आत्माद्वारा एक आपसमा प्रेम गर्दछन् उनीहरूका लागि विछोड भन्ने नै हुदैन । – रूमी
–एउटा शत्रूलाई क्षमा दिनुभन्दा एउटा मित्रलाई क्षमा दिन धेरै गाह्रो हुन्छ । – विलियम ब्लेक
– कसैसँग दुःखी हुनु भन्दा एक्लै दुःखी हुनु धेरै जाती । – मार्लिन मुनरे
–सामान्य मानिस र योद्धामा मूलभूत अन्तर यही हुन्छ कि योद्धा सबै कुरालाई चुनौती जसरी लिन्छ तर सामान्य मानिस सबै कुरालाई वरदान या श्राप मान्छन् । – डोन जुआन
–मित्रबाट बँच्नु, शत्रुसँग त जो पनि लड्न सक्छ । – नित्से
–प्रत्येक मान्छे आफ्नो भाग्यको निर्माता आफै हो । – सैलस्ट
–रिस मूर्खताबाट पलाउछ र पश्चतापबाट टुंगिन्छ । – पाइथागोरस