प्रेम सम्बन्धि विभिन्न व्यक्तिका मनन योग्य भनाइहरु

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१३, प्रेम एक पवित्र बन्धन हो । प्रेमकै कारण आज संसार चलिरहेको छ । माया प्रेम विनाको संसार कल्पनासम्म पनि गर्न सकिँदैन् । प्रेमलाई अनेक मानिसहरुले अनेक तरिकाले परिभाषित गरिरहेका हुन्छन् ।

प्रेमका सम्बन्धमा केहि व्यक्तिहरुको भनाइ यसप्रकार रहेको छ :

–हामी सबै प्रेमका निम्ती जन्मेका हौ । यहि नै अस्तित्वको सिद्धान्त हो । – बेन्जामिन डिजराइली

–संसारका लागि तिमी मात्र एक मान्छे हौ, तर मात्र एक मान्छेका लागि तिमी पुरै संसार हौ । – विल विल्सन

–जानिराख तिमीले जती प्रेम बाढ्छौ उतीनै प्रेम प्राप्त गर्दछौ ।– अज्ञात

–थाहा छ, तिमी प्रेममा छौ जब तिमी राती सुत्न चाहदैनौ, किनभने तिम्रो वास्तविकता सपना भन्दा प्यारो छ ।– डा सिअस्

–आफ्नो प्रेम त्यसका निम्ती खेर नफाल जसले यसको मूल्य बुझ्न सक्दैन ।– विलियम शेक्सपियर

– जब प्रेम एकतर्फी हुन्छ भने तब दर्द चौतर्फी हुने गर्छ ।– अज्ञात

–सानो-सानो कुराहरु दिलमा राख्दा ठुला ठुला सम्बन्धहरु कमजोर भइदिन्छ ।– अज्ञात

प्रकाशित : 28 December, 2018

प्रतिक्रिया दिनुहोस्