आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१६,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
केही चुनौतीसँग संघर्ष गर्नुपर्ने हुन सक्छ। अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्ला। अरूको स्वार्थमा उपयोग भइने समय छ, सजग रहनुहोला। मेहनेत र धैर्यताले परिस्थिति अनुकुल बनाउन सकिएला ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
अध्ययन र स्वास्थ्यको चिन्ताले सताउन सक्छ। अधिकार र प्रतिष्ठा स्वतस् प्राप्त हुनेछ। व्यवसायका लागि रमाइलो यात्रा गर्ने अवसर जुर्न सक्छ। प्रेम र मित्रताको सम्बन्ध प्रगाढ बन्दै जानेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
टाढिएका आफन्त नजिकिनाले हिम्मत बढ्नेछ। ईर्ष्या गर्नेहरू बढ्नेछन् भने काम गरेर पनि जस नपाइने समय छ। अरूका लागि समय खर्चनुपर्ला । दाम्पत्य जीवन सुखमय रहनेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो )
जिम्मेवारी प्राप्त भए पनि आफ्नो श्रमबाट अरूले फाइदा उठाउने कोसिस गर्नेछन्। उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला। घरेलु समस्याले काममा बाधा उत्पन्न गराउन सक्छ । धैर्यता नगुमाइ काम गर्नाले सफलता भने मिल्नेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
विशेष अवसर प्राप्त हुनाले दिगो फाइदा हुने काम शुभारम्भ हुन सक्छ। काममा सहयोगीले साथ दिनेछन्। पुरुषार्थ देखाएर लाभ उठाउने समय छ। प्रिय व्यक्तिसँगको भेटले मनमा हर्ष जाग्नेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
महत्त्वाकांक्षी काम सुरु हुनेछ। तर भेटघाटमा अलमलिनाले लक्ष्यमा पुग्न बाधा पर्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ला। बोली तथा हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
आफन्तसँगको सम्पर्कले मनमा आनन्द मिल्नेछ। नयाँ काममा हात हाल्ने अवसर जुट्नेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। टाढाको यात्रा गर्ने अवसर प्राप्त हुनेछ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु )
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला। दिगो फाइदा हुने काम प्रारम्भ गर्ने अवसर जुट्नेछ। व्यापार–व्यवसायमा पनि लाभ हुनेछ। तर, परिवारजनका लागि केही खर्च पनि हुनेछ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
विशेष धन लाभ हुने समय छ। मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ। पहिलेको मिहिनेतले आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुआत गर्ने अवसर जुट्नेछ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
स्थितिमा सुधार आउनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
बाधा हुनेछ भने अरूका लागि उपयोग भइएला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने कामको चाप बढ्नेछ। समस्या दर्साउँदा सहयोगीहरू जुट्नेछन् र काम सफल हुनेछ।स्वास्थ्य कमजोर रहे पनि मिहिनेत गर्दा सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। अप्ठ्यारा कामको बोझ थपिएला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ।प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ।

प्रकाशित : 31 December, 2018

प्रतिक्रिया दिनुहोस्