आजको राशिफल

सहयात्रा टिभी

काठमाण्डैं । पुष–१७,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थिति अनुकुल हुनाले धेरै काम सम्पन्न गर्न सकिनेछ । आम्दानिमा वृद्धि हुनुको साथै प्रतिष्ठित कामबाट नाम र दामका साथै प्रतिष्ठामा समेत वृद्धि हुनेछ । प्रेम सम्बन्धमा सुधार आउनेछ ।

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
व्यवसायिक यात्रा गर्ने अवसर मिल्नेछ । आम्दानिमा वृद्धि हुनुको साथै परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । नयाँ साथी बनाउन सकिएला । प्रेमीप्रेमीकाबाट साथ र सहयोग पाइनेछ ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह)
अरुका लागी आफ्नो अमुल्य समय खर्च गर्नुपर्ला । विवादास्पद समस्यामा पर्न सकिनेछ, वोलिवचनमा ध्यान दिनुहोला । मन परेको मानिसबाट प्रेम प्रस्ताव आउन सक्ने सम्भावना छ । धार्मिक काममा मन जानेछ ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
अरुको वहकाउमा लाग्नाले काममा बाधा उत्पन्न हुन सक्छ । आफन्तहरुबाट नै धोका हुन सक्ने सम्भावना छ । अध्ययनमा मन जानुको साथै प्रगति हुने सम्भावना छ । प्रेम र मित्रताको सम्बन्धमा प्रगाढता थपिदैँ जानेछ ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे )
अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । धार्मिक काममा मन जाला । स्वास्थ्य समस्याले सताउनाले काममा केहि बाधा उत्पन्न हुन सक्छ । दाम्पत्य जीवनमा असमझदारी उत्पन्न भए पनि धैर्यता र शहनशिलताले समस्या सुल्झाउन सकिनेछ ।

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
बोली तथा हिसाबकिताबमा सावधान नहुँदा विवादमा परिएला। टाढाको यात्रा गर्ने अवसर पाइनेछ । सामाजिक काममा संलग्न भइनेछ । परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । मनले चाहेको व्यक्तिसँग नजिक हुन पाइएला ।

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
प्रतिक्षा गरिएको नतिजा सकारात्मक हुनेछ । आम्दानिमा वृद्धि हुनेछ । अध्ययनमा प्रगति देखिएको छ । सन्तानको प्रगतिमा खुसी हुन पाइने अवसर छ । वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुने योग छ ।

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
अरूको फाइदाका लागि उपयोग भइने सम्भावना देखिएकाले सजग रहनुहोला। साइनो गाँस्दै आउनेहरुले फसाउन सक्छन । पारिवारिक असमझदारीले मनमा खिन्नता उत्पन्न हुन सक्छ । दाजुभाईको सम्बन्धमा प्रगाढता आउनेछ ।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
धन लाभ हुनेछ । आफन्तबाट टाढिनु पर्दा मनमा शान्तिको अभाव भएको महशुस होला । अध्ययनमा मन नजाने देखिएको छ । मिष्ठान्न भोजनको योग छ । शुभचिन्तकहरुबाट साथ र सहयोग पाइनेछ । प्रिय व्यक्तिसँग भेट हुनेछ ।

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। प्रतिष्ठित कामले समाजमा स्थापित गराउन सक्छ। अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। विवादमा पर्न सकिएला, गोप्य कुराहरुलाई गोप्य नै राख्नुहोला ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
अरूका लागि उपयोग भइएला। स्वास्थ्यमा कमजोरी अनुभूति हुनेछ भने कामको चाप बढ्नेछ। दाजुभाईबाट सहयोग पाइनाले काममा भने सफल भइनेछ । नयाँ साथी बनाउन सकिएला । प्रेम सम्बन्ध मजबुत रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ। अप्ठ्यारा कामको बोझ थपिएला। परिस्थितिले संघर्षको पथमा हिँडाउन सक्छ। अध्ययनमा समय दिन नसकिए पनि नतिजा सकारात्मक आउनेछ ।

प्रकाशित : 1 January, 2019

प्रतिक्रिया दिनुहोस्