विज्ञानका लागि आफ्नो शरिरलाई २७,००० टुक्रा पार्न तयार भइन् एक महिला
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । पुष–१७, अमेरिकाको डेनवरमा बस्ने ८४ वर्षकी सुसन पोटरको निमोनियाका कारण मृत्यु भयो । तर मृत्यु अघि उनले आफ्नो शरिर दान गरिन्, विज्ञानका लागि । अब उनको शरिरलाई नयाँ पिढीले विज्ञानमा अनुसन्धनका लागि प्रयोग गर्नेछन् ।
प्रविधिको मद्दतले मानव शरिरलाई राम्रो तरिकाले बुझ्नका लागि उनको शरिर २७ हजार टुक्रा पारिनेछ । यस्तो पहिलो पटक हुँदैछ ।
इन्डिया टाइम्समा छापेको रिपोर्ट अनुसार सुसनले मृत्युअघि मानवताका लागि आफूले केही गर्न चाहेको बताएकी थिइन् । यस्तो कार्य जसको असर नयाँ पिढीमा पनि परोस् ।
उनको सन् २०१५ मा मृत्यु भएको थियो । तर मृत्यु हुनु १६ वर्ष अघि नै सुसनले आफ्नो शरिर दान गर्ने निर्णय गरेकी थिइन् । यी १६ वर्ष सुसनले आफ्नो जीवन क्यामराका अगाडि व्यतित गरिन् । नेशनल जियोग्राफिकले यसलाई रेकर्ड गर्यो र यो जनवरी सन् २०१९ मा मानिसहरु समक्ष आउनेछ ।
सुसनले थुप्रै वर्षअघि एउटा आर्टिकल पढेकी थिइन् । साइन्स र ह्युमन प्रोजेक्ट बारे पढेपछि उनले आफ्नो शरिर दान दिएर वैज्ञानिकलाई मानव शरिरबारे थप अनुसन्धान गर्न सहज होस् भन्ने सोच राखिन् । कोसिस त निकै वर्षअघि देखि नै भइरहेको थियो तर यस्तो उन्नत प्रविधीको प्रयोग पहिले हुन सकेन । यो अब सम्भव हुन सकेको छ ।
सुसनको शरिरलाई इम्मोर्टल कर्प्स भनिन्छ । अर्थात्, एउटा यस्तो मुर्दा शरिर जो अमर छ । सू संसारको पहिलो ‘इम्मोर्टल कर्प्स’ हुन् ।मृत्युअघि सुसनले आफूलाई टुक्रा पारिने औजार हेर्न चाहेको बताइन् । साथै उनले आफूलाई राखिने फ्रिज पनि हेर्ने इच्छा देखाइन् ।
एक अंग्रेजी वेबसाइटमा छापेको रिपोर्ट अनुसार सुसनले आफ्नो शरिर काटिरहेका बेला शास्त्रीय संगीत बजाउन र शरिर वरिपरि गुलाब राखिदिन आग्रह गरेकी छिन् ।एजेन्सी