आजको राशिफल

काठमाण्डौं । पुष–१८,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
मानसम्मान प्राप्त हुनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिलो हुनेछ। स्वास्थ्यमा कमजोरि देखिनुको साथै आर्थिक अवस्थामा समेत कमजोरि देखिन सक्छ । नयाँ साथी बनाउन सकिनेछ । सामाजिक काममा समय व्यतित गर्न सकिएला ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
व्यापार र उद्योगमा विशेष फाइदा उठाउने समय छ। मिहिनेतले जीवनशैलीमा राम्रै परिवर्तन ल्याउन सकिनेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेमको बन्धन समेत कसिन सक्छ। अध्ययनमा सकारात्मक नतिजा हात लाग्नेछ ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
प्रभावशाली व्यक्तिहरूलाई प्रतिस्पर्धामा हराउन सकिनेछ। परिस्थिति अनुकुल रहनेछ । अध्ययनमा समय दिन नसकेपनि नतिजा भने सकारात्मक नै देखिनेछ ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उपलब्धिका लागि समय प्रतीक्षा गर्नुहोला।नयाँ साथी बनानउ सकिनेछ भने पुराना साथीबाट टाढिनु पर्ने देखिएको छ । कुरा लगाउनेहरूले आत्मीय सम्बन्धमा फाटो निम्त्याउन सक्छन्। अप्ठ्यारा कामको बोझ थपिए पनि बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
पारिवारिक समस्याले सताउन सक्छ। आफन्तको सहमति नजुट्नाले लक्ष्यमा पुग्न बाधा पर्नेछ। साइनो गाँस्नेहरूबाट सजग रहनुपर्ला। स्वास्थ्य कमजोर रहनेछ भने अध्ययनमा त्यति समय दिन नसकिएला।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
स्थिति अनुकूल बन्नेछ। रोकिएका काम बन्नेछन् भने नयाँ काम प्रारम्भ गर्न सकिनेछ। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते )
आफ्नो कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। आलोचकहरूले आत्मसम्मानमा चोट पुर्याउन सक्छन्। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
धन बाहिरिनाले अभाव अनुभूति हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ। आफन्तको सहयोग जुट्नाले अभीष्ट पूरा हुनेछ। सुन्दर पहिरनका साथ व्यक्तित्व निखार्ने अवसर प्राप्त हुनेछ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे )
अर्थअभावको अनुभूति हुनेछ। यात्रामा खर्च र चिताएको काममा बाधा हुनेछ। सप्ताहान्तमा स्थितिमा सुधार आउनाले उत्साह जाग्नेछ।मिहिनेत गर्दा नाम, दाम र इनाम प्राप्त हुनेछ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि )
अरूलाई प्रभावित पारेर उपलब्धि हातपार्ने समय छ। प्रयत्न गर्दा नोकरी प्राप्त हुन सक्छ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। जिम्मेवारी प्राप्त भए पनि बेलामा होस नपुर्याउँदा केही चुनौती आउन सक्छन्।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
स्थितिमा सुधार आउनाले उत्साहित भइनेछ। समुदायको हक हितको संरक्षण गर्दै नाम, दाम र इनाम हात पार्ने समय छ। आफ्नो प्रसिद्धि पनि बढ्नेछ।काममा बाधा हुनेछ भने अरूका लागि उपयोग भइएला।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
स्थितिमा सुधार आउनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। शुभचिन्तकहरूको साथले लक्ष्य प्राप्ति हुनेछ।अर्थ अभावले आँटेको काम स्थगित हुन सक्छ।प्रियजनसँग भेटघाट हुनेछ भने रमाइलो यात्रा गर्ने अवसर जुट्न सक्छ।