उमेरहदका कारण प्रधानन्यायाधीश मिश्रको अवकास

सहयात्रा टिभी

काठमाण्डौं । पुष–१८, प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेरहदका कारण मंगलबारबाट अवकास लिएका छन्। सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा उनले गत भदौ २५ गतेदेखि कार्यभार सम्हालेका थिए।

मंगलबार प्रेस विज्ञप्ति जारी गरी उनले कानूनको क्षेत्रमा आफूले समर्पित गरेका चार दशक लामो अनुभवले आफूलाई यहाँसम्म ल्याउन सफल भएको र त्यसक्रममा सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

न्यायलयमा आफू रहँदा न्यायपालिकाको व्यवसायिकता र संस्थागत विकासका लागि काम गरेको बताउँदै उनले न्यायपालिकाको स्वतन्त्रता, व्यावसायिकता र संस्थागत विकास आगामी दिनमा थप सबल र सुदृढ हुन सकोस् भन्नी शुभकामना पनि व्यक्त गरे।

उमेरहदका कारण उनको अवकास भएपछि वरिष्ठताका आधारमा प्रधानन्यायाधीशका लागि न्यायाधीश चोलेन्द्रशम्शेर राणाको नाम संवैधानिक परिषद्को सिफारिसमा मंगलबार संसदीय सुनुवाइ समितिले सर्वसम्मतले अनुमोदन गरेको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलबाट पद तथा गोपनियताको सपथ लिने कार्यक्रम छ ।रासस

प्रकाशित : 2 January, 2019

प्रतिक्रिया दिनुहोस्