विपक्षी पार्टीलाई भोट दिएको आरोपमा सामुहिक बलात्कार

सहयात्रा टिभी

एजेन्सी । पुष–२४, बंगलादेशको हालै भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीलाई मतदान गरेको आरोपमा एक महिलामाथि सामुहिक बलात्कार भएको छ । बलात्कार आरोपमा प्रहरीले सत्तारुढ अवामी लिग पार्टीका एक स्थानीय नेता राहुल अमिनसहित सात जनालाई हिरासतमा लिएको छ ।

चार सन्तानकी आमा ३५ वर्षीया महिलालाई विपक्षी पार्टीलाई मत दिएकै कारण सामुहिक बलात्कार गरिएको हो । उक्त महिलाका अनुसार गत हप्ता भएको निर्वाचनमा विपक्षी बंगलादेश नेशनलिस्ट पार्टी ९बीएनपी०को उम्मेदवारलाई भोट दिएको भन्दै सत्तारुढ अवामी लिगका नेता–कार्यकर्ताहरुले सामुहिक बलात्कार गरे ।

पीडित महिलाका पतिले प्रहरीमा दिएको उजुरी अनुसार अवामी लिगको स्थानीय नेता राहुल अमिनसहितका केही व्यक्तिहरु आधा रातमा नोआखली जिल्लास्थित उनको घरमा जबर्जस्ती प्रवेश गरे । ति व्यक्तिहरुले उनीहरुका चार जना बच्चालाई बाँधे । त्यसपछि उनकी श्रीमतीलाई बलात्कार गरे । ति व्यक्तिहरु घरबाट बाहिरिएपछि छिमेकीहरुको सहयोगमा पीडित महिलालाई अस्पताल लगिएको थियो ।

उक्त दिन भोट हाल्न गएकी उक्त महिलालाई मतदान केन्द्रमा रहेका अवामी लिगका नेता राहुल अमिन लगायतले विपक्षी दलको उम्मेदवारलाई भोट नहाल्न भनेका थिए । त्यसबेला ति महिलाको अवामी लिगका स्थानीय नेता कार्यकर्ताहरुसँग सामान्य विवाद भएको थियो । जो मध्यराति आफ्ना केही साथीहरुका साथ उनको घरमा आए र बलात्कार गरेर फर्किए ।

प्रकाशित : 8 January, 2019

प्रतिक्रिया दिनुहोस्