केपी ओली प्रचण्ड माधव नेपाल एमाले


जापानी विदेशमन्त्री आज नेपाल आउँदै

सहयात्रा टिभी

काठमाण्डौं । पुष–२५, जापानका विदेशमन्त्री तारो कोनो नेपालको दुई दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँदै छन् । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीको निमन्त्रणामा विदेशमन्त्री कोनो बुधबार अपराह्न नेपाल आउन लागेका हुन् ।

जापानी विदेश मन्त्री कोनो १८ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज नेपाल आउने परराष्ट्र मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार, भ्रमण द्विपक्षीय हितका विषयमा केन्द्रित हुनेछ ।

परराष्ट्र मन्त्रीस्तरीय भेटवार्ताका क्रममा नेपाली कामदार, द्विपक्षीय हवाई सेवा, कृषिको आधुनिकीकरण, ऊर्जा, पूर्वाधार विकासजस्ता विषयमा सम्झौता हुँदै छ । गत असार ४ मा नेपाल–जापानबीच सिधा हवाई सम्झौता भए पनि त्यसलाई यही भ्रमणमार्फत कूटनीतिक तवरमा औपचारिकता दिने तयारी गरिएको छ ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र जापानी समकक्षी कोनोबीच बुधवार अपरान्ह्र हुने भेटवार्ता पश्चात द्विपक्षीय परामर्शसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुँदैछ ।

प्रकाशित : 9 January, 2019

प्रतिक्रिया दिनुहोस्