केपी ओली प्रचण्ड माधव नेपाल एमाले


आगलागीबाट रु ४० लाखको क्षति

सहयात्रा टिभी

मङ्गलबारे । पुष–२५, इलामको फाकफोकथुम गाउँपालिका–१ खाम्वाङमा आज आगलागी हुँदा करीब रु ४० लाख बराबरको क्षति भएको छ ।

स्थानीय बासिन्दा खड्गबहादुर तामाङको भान्छाकोठाबाट सल्किएको आगोले घर जल्दा किराना पसलको सामग्री, लत्ताकपडा, गरगहना, अन्नपात, अलैँची तथा नगद जलेर नष्ट भएको छिमेकी दीननाथ भट्टराईले जानकारी दिए ।

घरमा कोही नभएको समयमा आगलागी भएको हो । घरमा किराना पसलसमेत राखिएको थियो । आगलागी हुनासाथ स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि सम्भव नभएको भट्टराईले बताए । रासस

प्रकाशित : 9 January, 2019

प्रतिक्रिया दिनुहोस्