डिशहोमको “डिशहोम उज्वल भविष्य” योजना अन्तरगत बाराको श्री गढिमाई महेन्द्र उमाविमा शैक्षिक सामाग्री वितरण
बारा । पुष–२५, डिश मिडिया नेटवर्क लिमिटेडले गुणस्तरिय शिक्षाका लागी “डिशहोम उज्वल भविष्य” योजना अन्गरगतको कार्यक्रमका क्रममा बारा, महागढिमाई नपाको श्री गढिमाई महेन्द्र उमाविमा शैक्षिक सामाग्री वितरण गरेको छ । डिश मिडिया नेटवर्क लिमिटडले विद्यार्थीहरूको गुणस्तरिय शिक्षाका लागि सहयोग पुर्याउने उदेश्यले “डिशहोम उज्वल भविष्य” कार्यक्रम ल्याएको हो ।
यसै कार्यक्रम अन्तरगत डिश मिडियाले मंगलबार बाराको महेन्द्र उमाविमा विपन्न परिवारका तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहितका झोला तथा न्यानो टोपी वितरण गरेको हो ।
कम्पनीले सुरू गरेको “डिशहोम उज्वल भविष्य” कार्यक्रमले गरिब तथा जेहन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन पुग्नुका साथै मुलुकभर गुणस्तरिय शिक्षा पुर्याउन निरन्तर लागि परेको सरकारलाई पनि टेवा पुग्ने अपेक्षा कम्पनीले राखेको डिश मिडिया नेटवर्कका महाप्रवन्धक कल्याण अधिकारीले बताए ।
नेपालका ग्रामिण भेग तथा तराईका अधिकांश जिल्लामा विद्यार्थीहरु स्कुलमा भर्ना हुने तर आवश्यक पाठ्य सामाग्र्री साथै प्र्रोत्साहनको अभावमा अध्ययनलाई निरन्तरता दिन नसक्ने समस्या विकराल रहेको छ । मधेस क्षेत्रमा त झनै विद्यालय नजाने र गइहालेपनि बिचैमा छाड्नेहरूको तथ्यांक निकै ठुलो छ । यस्तो अवस्थामा निजी क्षेत्रका कम्पनीहरूबाट पनि शिक्षा क्षेत्रमा आवश्यक प्रोत्साहन गर्दै सरकारी योजनालाई सहयोग पुगोस् भन्ने उदेश्यले जेहन्दार विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण गरिएको प्रेस विज्ञप्ति मार्फत डिशहामले जानकारी गराएको छ ।
डिजिटल प्रविधिमार्फत ग्राहकहरुका गुणस्तरिय सेवासुविधाहरु प्रदान गर्दै आएको डिशहोमले यसअघि पनि स्वास्थ्य र शिक्षाका क्षेत्रमा विभिन्न किसिमका सामाजिक कार्य गर्दै आइरहहेको छ । डिशहोमले एसईई परिक्षा दिने विद्यार्थीहरुका लागि घरमै वसेर अंग्रेजी, विज्ञान तथा गणित विषयका टेलिभिजन कक्षाहरु संचालन गर्दे आइरहेको छ । यसका अलावा शिक्षामा सवैको समान पहुँच पुगोस भन्ने उद्धेश्यले विभिन्न विद्यालयहरुसंगको सहकार्यमा विभिन्न योजनाहरु संचालन गर्ने गरेको छ ।
डिशहोमका यस्तै सेवासुविधाका कारण हाल देशभर डिशहोमको लोकप्रियता बढिरहेको छ । शहरदेखि गाउँगाउँसम्म र केटाकेटी देखि बुढाबुढिहरुसम्मको रुचि डिशहोममै रहेको पाइएको छ । पछिल्लो समय डिशहोमको माग पनि तिव्रगतिमा बढिरहेको तथ्याङ्क छ ।