केपी ओली प्रचण्ड माधव नेपाल एमाले


चिसो बढ्दै छ है, बदाम खानुस यस्ता छन् फाइदाहरु

सहयात्रा टिभी

काठमाण्डौं । पुष–२६, बदामलाई पौष्टिक तथा स्वास्थ्यवद्र्वक मानिन्छ । हरेक मौसममा बदामको उपयोग लाभप्रद हुने गर्दछ । काँचो या पाकेको यसले मानिसलाई फाइदा पुर्याउँछ ।बदाममा चिल्लो, प्रोटिन र विभिन्न प्रकारका भिटामिन तथा खनिज पाइन्छ । जसले गर्दा बदाम चकलेट, केक र बिस्कुट जस्तै गरि खान योग्य छ । जाडोयाममा मानिसहरु घाममा बसेर बदाम खान मन पराउँछन् । बदाम खानु स्वादका हिसावले त मिठो हुन्छ नै यसका साथै बदाम मानव स्वास्थ्यका लागि फाइदाजनक चिज हो ।

बदाम खानुका फाइदाहरु यसप्रकार रहेका छन् :
–फाइटोस्टेरोलको मात्रा अत्यधिक – बदाममा बिटा–सिटोस्टेरोल भनिने फाइटोस्टेरोलको मात्रा अत्यधिक हुने भएकाले यसले फाइटोस्टेरोल क्यान्सर लाग्नबाट बचाउँछ । अमेरिकामा भएको एक अनुसन्धान अनुसार हप्तामा कम्तीमा दुईपटक बदामको सेवन गर्ने महिलामा पेटको क्यान्सरको खतरा ५८ प्रतिशत कम र पुरुषमा २७ प्रतिशत कम भएको पाइयो ।

– बदाममा तेलको मात्रा हुने भएकाले यसको सेवनबाट पेटसँग सम्बन्धित रोगीहरुलाई निको बनाउँछ । साथै यसको नियमित सेवन गना।ले एसिडिटीको समस्याबाट छुटकारा बनाउँछ ।

–तौल कम गर्छ-बदामले तौल कम गर्न निकै मद्दत गर्छ । बदाम खाएको लामो समयसम्म भोक लागेको महसुस हुँदैन । त्यसकारण तपाईंको आहारमा कमी आउँछ र तौल कम गर्न निकै सहज हुन्छ ।

–प्रजनन क्षमतामा वृद्धि-बदाममा अत्यधिक मात्रामा फोलिक एसिड पाइने भएकोले महिलाको प्रजनन क्षमतालाई वृद्धि गर्छ । यसबाहेक शिशुको स्वास्थ्यलाई पनि सकारात्मक असर पुग्ने गर्छ । यदि तपाईं गर्भावस्थाको सुरुवाती दिनमा हुनुहुन्छ भने बदाम खान सुरु गरिहाल्नुहोस् । यसको शिशुको स्वास्थ्य राम्रो बनाउन सहयोग गर्छ ।

–बदाममा भिटामिन सी भरपुर मात्रामा पाइन्छ जसले रुघा, खोकीजस्ता समस्याबाट सुरक्षा प्रदान गर्छ ।

–कपालको सुन्दरताको लागि बदाम खानु राम्रो मानिन्छ । बदाममा कपाललाई सुन्दर बनाउने तत्वहरु पाइने भएकाले कपालका लागि लाभदायक हुन्छ । बदाममा लार्जिनाइन भन्ने तत्व हुन्छ जसले कपाल बृद्धि गर्नुका साथै कपाल झर्नबाट समेत जोगाउँछ ।

– बदाममा पाइने केही तत्वहरु मध्ये फाइटोस्टोरल पनि एक हो । यसले ट्युमरलाई नियन्त्रणमा राख्न सहयोग गर्छ, जसले क्यान्सर हुनबाट बचाउँछ ।

प्रकाशित : 10 January, 2019

प्रतिक्रिया दिनुहोस्