निरन्तर एक सय घण्टा भाषण गरेर भारतिय युवाद्धारा किर्तिमान कायम
सहयात्रा टिभी
एजेन्सी । पुष–२९, भारतको उत्तरप्रदेशमा पर्ने लखीमपुर–खिरीका एकजना युवकले सबैभन्दा लामो समयसम्म भाषण गरेर विश्व कीर्तिमान कायम गरेका छन् ।यतिश चन्द्र शुक्ला नामका युवाले लगातार एक सय घण्टासम्म भाषण गरेर उक्त कीर्तिमान राखेका हुन् ।
बुधबार बिहान साढे १० बजेबाट भाषण सुरु गरेका यतिशले लगातार १ सय घण्टासम्म म्याराथन भाषण गरे ।
गिनिज बुकका अधिकारीहरुले उक्त कार्यक्रमको अनलाइनमार्फत अनुगमन गरेका थिए ।
उनले नेपालका अनन्तराम केसीको कीर्तिमान भंग गरेकाछन् । अनन्तले गत अगष्टमा ९० घण्टा २ मिनेटसम्म लगातार भाषण गरी गिनिज बुकमा नाम लेखाएका थिए ।
सय घण्टासम्म भाषण गर्ने यी युवकको नाममा अर्को कीर्तिमान पनि छ । उनले ४३ हजार २ वटा चाबी संकलन गरेर गिनिज बुकमा नाम लेखाइसकेका छन् ।
यतिमात्र होइन उनले सबैभन्दा लामो समयसम्म पढाउने कीर्तिमान राखेका छन् । उनले लगातार १ सय ४८ धण्टासम्म पढाएका थिए । त्यस्तै १ सय २३ घण्टासम्म लगातार पढेर पनि उनले गिनिज बुकमा नाम लेखाएका छन् ।


