फेसबुकमा आफ्नो मात्र फोटो राखेको आरोपमा प्रेमीद्धारा प्रेमीकाको झारियो दाँत

सहयात्रा टिभी

एजेन्सी । माग–१, लिभरपुलका एक जना प्रेमीले फेसबुकमा प्रोफाईलमा आफनो मात्र फोटो राखेको भन्दै प्रेमीकाको दाँत नै झारिदिएका छन् । प्रेमीका लोइस एसटोनले फेसबुकको प्रोफाईल चेन्ज गरेर आफनो मात्र फोटो राखेपछि २९ वर्षे प्रेमी एन्ड्रयू म्याकनेयकोले प्रेमीकाको दाँत नै झर्नेगरि कुटेका हुन् ।

हालै उनले सामाजिक सञ्जालमा प्रेमीले कुटेपछि रगताम्य भएका तस्बिरहरु सेयर गरेकीछिन् । प्रेमीका एसटोनले पहिले प्रेमीले आफुलाई निकै माया गर्ने गरेको तर बिस्तारै उ परिवर्तन भएको उनी बताउँछिन् । दाँतै झर्ने गरी कुटाई खाएपछि उनले भनिन् उसले मलाई यसअघि पनि थुप्रै पटक पिट्ने गर्थे । एकपटक उसले मलाई थप्पड हाने ,अर्को पटक टाउकोमा खुट्टाले हाने ।

त्यती बेला नै प्रेमीलाई छोड्ने सोच बनाएकी एसटोनले प्रेमीले पछि माफी माग्दै रोएपछि फेरी साथ भईन् ।प्रेमीलाई लिएर पब गएकी एसटोन पछि प्रेमीलाई छोडेर साथीकहाँ गईन । जहाँ उनले फेसबुकको प्रोफाइल फोटो परिवर्तन गरेको सुतेकी थिइन् । तर भोली पल्ट प्रेमीबाट उनले पीडादायक अवस्था सहनु प¥यो । बिहान ब्युझिँदा त प्रेमीले उनको खुट्टामा टेकेर चिच्याईरहेका थिए ।

पछि उनी जसोतसो गरेर त्यहाँबाट भाग्न सफल भईन् । छिमेकीसंग गुहार मागिन् तर उनले मद्धत पाईन् ।।घटनापछि एसटोनले प्रहरीमा उजुरी दिईन् । उनले प्रेमीबाट धेरै पटक हिंसा सहे पनि अन्तिममा सहनै नसकेपछि प्रहरीमा उजुरी दिएकी थिईन् । घटनापछि प्रेमीलाई ३६ महिनाको जेल सजायँ अदालतले सुनाएको छ । एजेन्सीको सहयोगमा

प्रकाशित : 15 January, 2019

प्रतिक्रिया दिनुहोस्