आजको राशिफल
काठमाण्डौं । माग–२,
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
परिस्थिति अनुकुल रहने हुँदा सोचेको काम पुरा हुनेछ । अभिव्यक्तिकलामा निखारता आउनेछ । स्वास्थ्यमा केहि समस्या देखिने हुँदा खानपानमा ध्यान दिनुहोला । दुखमा साथ दिने प्रसस्त भेटिनेछन् । प्रियजनको साथ पाइनेछ ।
बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो )
आफन्त र लामो समय छुटेका साथीभाईहरुसँग रमाइलो भेटघाट हुनेछ । मनले चाहेको मानिससँग नजिक भइएला । दाम्पत्य जीवन सुखमय रहनेछ । साइनो गाँस्नेहरुसँग सतर्क रहनुहोला ।
मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह )
खर्चमा वृद्धि हुन सक्छ । परिवारको आवश्यकता पुरा गर्न सकिनेछ । उपहार तथा पुरस्कार पाउने सम्भावना प्रगाढ रहेको छ । सामाजिक काममा मन जानेछ । अध्ययनमा प्रगति होला ।
कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
समय अनुकुल रहेनछ । अध्ययनमा समय दिन नसकेपनि नतिजा सकारात्मक नै देखिएको छ । प्रेम र मित्रताको सम्बन्ध मजबुत बन्दै जानेछ । सोचेको काम विना अवरोध पुरा गर्न सकिनेछ ।
सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
रोकिएको काम पुरा हुनुको साथै नयाँ कामको थालनि हुनेछ । जीम्मेवारी बढ्नको साथै आम्दानिमा समेत वृद्धि होला । मनले चाहेको मानिससँग नजिक हुन सकिनेछ । अरुको सेवामा दिन वित्ला । अध्ययनमा समय दिन नसकिएला ।
कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो )
अरुको काममा समय विताउनु पर्ला । अध्ययनमा समय दिन नसकिएला ।वैदेशिक क्षेत्रबाट राम्रो आम्दानि हुने देखिएको छ । सुखदुखमा साथ दिनेहरु प्रशस्त फेला पनेछन् । प्रिय व्यक्तिसँग भेट हुनाले दिन हर्षमय रहनेछ ।
तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते)
रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ । लामो यात्राका विचमा नयाँ साथीहरुसँगको भेटले मन हर्षमय रहला । धार्मिक काममा मन जानेछ । जिम्मवेवारी बढ्न सक्छ । दाम्पत्य जीवनमा असमझदारी देखिए पनि धैर्यताले परिस्थितिमा सुधार आउनेछ ।
बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु)
व्यापार व्यवसायमा फाइदा हुनेछ । पतिक्षित नतिजा सकारात्मक रहनेछ । अध्ययनमा मन जाला । शिर्जनात्मक कामाबाट विशिष्ठता प्राप्त हुनेछ । नाम, इज्जतका साथै आम्दानिमा समेत वृद्धि हुनेछ ।
धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
व्यवसायका लागी रमाइलो यात्रा गर्नुपर्ला । सन्तानको प्रगतिमा सामेल हुन सकिनेछ । साँझपख नसोचेको खुुसीको खबर सुन्न पाइएला । विशिष्ठ व्यक्तिहरुसँगको सहकार्यले दिन फाइदाजनक देखिएको छ ।
मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
मेहनेत गरे आफन्तका माध्यमबाट लाभ उठाउन सकिनेछ । मेहनेतले लक्ष्य सम्म पुग्न सकिनेछ । लामो यात्राका साथै धार्मिक कार्यमा सामेल हुन सकिनेछ । अध्ययनमा प्रगति होला । प्रेम सम्बन्ध मजबुत रहनेछ ।
कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द)
अनावश्यक क्षेत्रमा खर्च बढ्नेछ । भौतिक साधन जुटाउन खास्सै समस्या नपर्ला । काममा बाधक बन्नेहरु धेरै भए पनि साथीभाई र परिवारको साथ र सहयोगले काममा सफल भइनेछ । प्रिय व्यत्तिसगँ भेट हुनेछ ।
मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि )
समय अनुकुल रहने हुँदा लक्ष्मी र सरस्वती दुवैको साथ पाइनेछ । मेहनेतले लक्ष्यसम्म पनि पु¥याउने छ । मिष्ठान्न भोजनको योग छ । आफन्तबाट टाढिनु पर्दा मन भने खिन्न होला ।