डिशहोमको बार्षिक साधारण सभा सम्पन्न, सर्वसाधारणका लागि सेयर जारी गर्ने
काठमाण्डौं । माघ–२, डिश मिडिया नेटवर्क लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । हेमराज ढकालको अध्यक्षतामा पौष २६ गते सम्पन्न भएको साधारण सभाले आगामी आर्थिक बर्षमा आइपिओ जारि गर्ने निर्णय गरेको छ ।
डिशमिडियाले आफ्नो कुल जारी पुँजीको न्यूनतम १० प्रतिशत सेयर सर्वसाधारणको लागि जारी गर्ने भएको हो । साधारण सभाले यस अघिकै संचालक समितिलाई आगामी चार बर्षका लागि निरन्तरता दिने निर्णयसहित समितिको अध्यक्षमा हेमराज ढकाल चयन भएका छन् ।
स्याटेलाइट प्रविधिमा आधारित नेपालको एक मात्र डिटिएच सेवा प्रदायक डिशहोमले शहर बजारदेखि ग्रामिण भेगमा बस्ने नेपालीलाई आफ्नो रोजाई अनुसारको एच.डी. तथा एस.डी. प्याकेजहरु प्रदान गर्दै आईरहेको छ । ग्राहक माझ गुणस्तरीय सेवा प्रदान गर्दै आएको डिशहोम सर्वसाधारणका लागि सेयर जारि गर्ने पहिलो पे टि.भि. कम्पनि हुने भएको छ ।
जुनसुकै ठाउँमा पनि सजिलै जडान गर्न सकिने डिश होमले दिनप्रतिदिन ग्राहकहरुका लागी थप गर्दै गएको सेवा सुविधाका कारण पनि नेपालीहरुमाझ यसको लोकप्रियता बढ्दै गएको छ । हाल देशभर साना केटाकेटिदेखि वृद्धवृद्धासम्मको एकमात्र रोजाइ डिश होम नै हो ।
सरकारले एनालग केवल देशभर बन्द गराएसँगै डिजिटल प्रविधिबाट संचालित गुणस्तरिय सेवा प्रदायक डिश मिडियाको माग देशका शहरी भागदेखि गाउँगाउँमा पनि ह्वात्तै बढेको देखिएको छ ।