केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रीमती करणी गरेको अभियोगमा श्रीमान कारागार चलान

सहयात्रा टिभी

ताप्लेजुङ । माघ–२, श्रीमतीलाई करणी गरेको अभियोगमा ताप्लेजुङको सिरिजंघा गाउँपालिकाका एक युवा पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत ताप्लेजुङको आदेशमा उनलाई कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको सञ्चार शाखाले जानकारी दिएको छ ।

प्रहरीले प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी अदालतमा पेस गरेको थियो । आफूलाई बलात्कार गरेको भन्दै श्रीमतीले उजुरी दिएपछि २० वर्षीय युवकलाई प्रहरीले पुस ४ गते पक्राउ गरेको थियो । श्रीमतीको उजुरीपछि अर्कै गाउँपालिकामा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित : 16 January, 2019

प्रतिक्रिया दिनुहोस्