चुरोटको लत छोड्न पिँजडाभित्र टाउको थुनि चावी श्रीमतीको हातमा
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । माघ–६, धुम्रपानका अम्मली ४२ वर्षका टर्किस नागरिक इब्राहिम युसलको टाउको पिंजडामा थुनिएको छ। धुम्रपानको बानि छुटाउनको लागि आफ्नो टाउको पिँजडामा थुनेका युसलले उक्त पिँजडाको चाबि पनि आफ्नी श्रीमतीलाई दिएका छन् ।
उनले धेरे प्रयास गर्दा पनि छोड्न नसके पछि शिरमा पिजँडा ढाकेर राखेका हुन्। युसल १६ वर्षको उमेरदेखि दिनमा दुई प्याकेट चुरोट सेवन गर्न सक्ने भएका थिए। युसलका पिताको फोक्सो क्यान्सरबाट निधन भए पछि भने उनले छोड्ने निणर्य गरेका थिए।
सुरूमा, उनको परिवारलाई यस उपायले पनि उनी चुरोट सेवनबाट पार लाग्न नसक्नेमा शंका लागेको ‘रिपब्लिक वोल्र्ड’ लाई बताएका थिए। युसलमा यस लतमा निकै सुधार आएको पनि‘रिपब्लिक वोर्ल्ड’ उल्लेख गरेको छ।उनलाई यस उपायका लागि प्रेरणा भने मोटरबाइकमा हेलमेटको प्रयोगको लागि संचालन हुन लागेको हेल्थ क्याम्पेनबाट यस्तो उपाय आएको बताए। चुृरोट आफ्नो मुखसम्म नपुगोस् भनि उनले आफ्नो टाउकोलाई घेरेका हुन्।