वरिष्ठ कलाकार गणेश मुनालको निधन
सहयात्रा टिभी
काठमाण्डौं । माघ–७, नेपाली सिनेमा क्षेत्रमा लामो समय आफनो अभिनयबाट योगदान दिएका बरिष्ठ कलाकार गणेश मुनालको निधन भएको छ । चरित्र अभिनेता तथा नकरात्मक भुमिकामा समेत काम गरिसकेका मुनालको सोमवार बिहान वीर अस्पतालमा निधन भएको हो ।
लामो समयदेखि अस्वस्थ्य रहेका मुनालको निधन हुनुको कारण भने खुलेको छैन । उनको केहीबेरमै अन्तिम संस्कार गरिँदैछ ।
उनको निधनमा यतिबेला चलचित्रकर्मीहरुले दुख तथा शोक व्यक्त गरेका छन् । उनको पार्थिव शरिरमा अन्तिम श्रद्धान्जली अर्पण गर्न दर्जनौँ कलाकारहरु पशुपती आर्यघाट पुगेका छन् ।
उनले लभ लभ लभ , एक पल ,सेतो बाघ, शिरीषको फूल, दिदी भाई ,मिस्टर डन लगायतका फिल्महरुमा काम गरेका छन् भने उनको अभिनय रहेको फिल्म गोपी माघ १८ बाट रिलिज हुँदैछ ।