साँडेका लागि अविवाहित बसेकी यी महिला
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । माघ–१०, विवाहलाई मानिसहरु एक जीवनको महत्वपूर्ण कार्य मान्छन् । अधिकांश मानिसहरु विवाह गर्नु अति जरुरी समेत ठान्दछन् । अपवाद स्वरुप कोहि कोहि केहि कारणवस विवाह नगरि समेत बसेको पनि पाइन्छ तर एउटा साँडे पाल्नको लागि नै कुनै महिला विवह नगरि बसेको खबर भने निकै आश्चर्यजनक हुन सक्छ तर यो वास्तविक कथा भारतको हो ।
भारतको तमिलनाडुकी एक ४८ वर्षीया सेल्भरानी नामकी महिलाले साँडे पाल्नको लागि नै आफु अविवाहित बसेकी छन् । तमिलनाडुमा हुने जल्लीकट्टु नामक पर्वका बेला भीडमा साँढे दौडाइन्छ ।सेल्भरानीलाई एउटा बडेमाको साँढे पालेर आफ्नो साँढेले उपाधि जितोस् भन्ने चाहना थियो । त्यहीँ चाहना पूरा गर्न उनले कहिल्यै बिहे गरिनन् र एउटा साँढे पालेर बसिन् । साँढेको देखभालका लागि उनले आफ्नो पारिवारिक सुख त्याग्ने फैसला गरेकी हुन् ।
उनले आफूले पालेको साँढेको नाम रामु राखेकी छिन् । उनले त्यो साँढेको हेरचाह मात्र होइन मजदुरीसमेत गरेर गुजारा गर्दै आएकी छन् । स्थानीय रुपमा हरेक वर्ष हुने जल्लीकट्टुलगायतका खेलमा रामुले पाँच वर्षदेखि लगातार उपाधि जित्दै आएको छ । उपाधि जितेपछि रामुले पुरस्कारको रुपमा घरेलु सामान, महिलाका साडी तथा सुनका सिक्कासमेत पाउने गर्दछ ।
बलियो साँढे रामुप्रति नलोभिने मानिस कमै छन् । धेरै मानिसले मोटो रकम अफर गरेर उनीसँग साँढे बेच्न पनि आग्रह नगरेका होइनन् । तर सेल्भरानीले रामु बेच्न अस्विकार गर्दै आएकी छन् ।एजेन्सी