गंगालालमा मुटुको जाँच गराएर फर्किए प्रधानमन्त्री केपी शर्मा ओली

सहयात्रा टिभी

काठमाडौं। असार–१७,प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज बाँसबारीस्थित शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा गई निवास फर्केकाछन् ।प्रधानमन्त्री ओली आवश्यक परीक्षण गरी निवास फर्केको उनको सचिवालयले जनाएको छ ।प्रधानमन्त्रीले नियमित रूपमा मुटुको जाँच गराउँदै आएको र आज पनि सोही प्रक्रियाअनुसार गंगालाल अस्पताल गएर जाँच गराएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

 

बुधबार बिहान पार्टीका नेता र मन्त्रीहरूसँग पछिल्लो राजनीतिक विवादबारे छलफल गरेका प्रधानमन्त्री ओली ११ बजे पार्टीको स्थायी कमिटी बैठकमा सहभागी भएका थिए । त्यसपछि उनी संसद बैठकमा गएका थिए । प्रधानमन्त्री ओलीको गत फागुन २१ गते त्रिवि शिक्षण अस्पतालमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रकाशित : 1 July, 2020

प्रतिक्रिया दिनुहोस्