भारतमा कोरोना भाइरस संक्रमितको संख्या १० लाख भन्दा बढि
सहयात्रा टिभी
एजेन्सी । श्रावण–०२, भारतमा कोरोना भाइरस संक्रमितको संख्या बढेर १० लाख भन्दा धेरै पुगेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या १० लाख तीन हजार ८३२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका ३४ हजार ९५६ नयाँ संक्रमित फेला परेका छन् । भारतमा एकैदिन कोरोना भाइरसका सबैभन्दा धेरै नयाँ संक्रमित थपिएका हुन् । भारतमा कोरोना संक्रमणका कारण अहिलेसम्म २५ हजार भन्दा धेरै मानिसको मृत्यु भइसकेको छ । यस्तै ६ लाख भन्दा धेरै व्यक्ति संक्रमण मुक्त भएका छन् ।