विवाह समारोहमा बन्दूकधारीहरूद्धारा १८ जनाको हत्या
![](https://sahayatratv.com/wp-content/uploads/2024/09/cropped-cropped-logo.png)
एजेन्सी । श्रावण–०६, नाइजेरियाकोकौरा जिल्लाको कुकुम–दाजी गाउँमा चलिरहेको एक विवाह समारोहमा बन्दूकधारीहरू पुगेर १८ जना पाहुनाको हत्या गरेका छन् ।
मोटरसाइकलमा आएका आक्रमणकारीहरूले विवाहको पार्टीमा १८ जनाको हत्या गरे अनि ३० जनालाई घाइते बनाएका थिए । कसले आक्रमण गरेको भन्ने स्पष्ट नभइसके पनि उक्त क्षेत्रमा मुसलमान फुलानी समुदाय र क्रिस्चियन कृषक समुदायबीच हिंस्रक भिडन्त हुने गरेको छ ।