कोरोनाबाट थप एकको मृत्यु, कुल मृतक संख्या ४५ पुग्यो

सहयात्रा टिभी

काठमाडौं । श्रावण–०९,वीरगन्जस्थित गण्डक अस्पतालमा उपचाररत कोरोना संक्रमित १७ वर्षीया किशोरीको मृत्यु भएको छ। नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले उपचारको क्रममा आज बेलुका ७ बजे उनको मृत्यु भएको जानकारी दिएकाछन्।

बारा परवानिपुर निवासी युवतीलाई भाइरल इन्सेफ्लाइटिक्सको समस्या देखिएपछि वीरगन्ज स्थित हेल्थ केयरमा भर्ना गरिएको थियो। उनीमा पछि कोरोना संक्रमण पुष्टि भएपछि शुक्रबार बिहान उनलाई गण्डक अस्पताल रिफर गरिएको थियो।योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। आजै गण्डक अस्पतालमै उपचाररत ८५ वर्षीया वृद्धाको कोरोनाबाट मृत्यु भएको हो। वीरगन्ज निवासी उनी मुटुका रोगी समेत थिइन्। उनको उपचारको क्रममा बिहान ११ बजे मृत्यु भएको थियो। १७ वर्षिय युवतीको शव आजै सेनाले व्यवस्थापन गर्ने तयारी गरेको छ।

प्रकाशित : 24 July, 2020

प्रतिक्रिया दिनुहोस्