‘संक्रमण बढे पनि नियन्त्रणबाहिर गएको छैन’ : डा.जागेश्वर गौतम
सहयात्रा टिभी
काठमाडौं । श्रावण–२५,नेपालमा कोरोना संक्रमणको दर बढ्दो छ । अस्पतालका आइसोलेसन शय्या भरिएका छन् । शय्या अभावका कारण संक्रमित घरमै बस्नुपर्ने अवस्था सिर्जना भएको छ । कोरोना अब नियन्त्रणबाहिर जान थाल्यो भनेर विज्ञहरूले भनिरहेका छन् ।यस्तो अवस्थामा राज्यले कसरी काम गरिरहेको छ भन्ने विषयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमसँगको कुराकानी यस्तो छ ,

नेपालमा कोरोना संक्रमण अब नियन्त्रण बाहिर गएको हो त भन्ने सन्दर्भमा डा. गौतम भन्छन्,”एक महिनाअघि नेपालमा कोरोना संक्रमण वृद्धिदर ८ देखि ९ प्रतिशत थियो । बीचमा घटेर ३ प्रतिशत पनि भयो । अहिले फेरि ५ प्रतिशतमा छ । एक महिनाअघिको दाँजोमा वृद्धिदर कम छ तर ग्राफ उकालो लाग्दै छ । पर्सा, मोरङ, रौतहट र सप्तरीमा संक्रमण धेरै नै छ । भारतको बिहारमा लकडाउन भएपछि त्यहाँका मानिसहरू उपचारका लागि नेपाल आउन थाले । तराईका जिल्लामा जग्गा लिएर काम गर्ने भारतीय पनि आएका छन् । यसरी आउने क्रममा उनीहरूले नेपालीलाई कोरोना सारिरहेका छन् र कोरोना फैलँदो क्रम बढ्दो छ । उपत्यकामा पनि संक्रमणको वृद्धिदर बढिरहेको छ । हजाम, तरकारी व्यापारी र अन्य व्यवसाय गर्ने व्यक्तिहरू पनि धमाधम काठमाडौं छिरिरहेका छन् । जसले गर्दा संक्रमण दर बढिरहेको छ । संक्रमण बढे पनि नियन्त्रणबाहिर गएको चाहिँ भन्न मिल्दैन ।”
अब संक्रमण वृद्धिदर रोक्नै नसकिने अवस्था आएको हो त भनी अर्को प्रश्नमा ‘संक्रमण नियन्त्रणका लागि सर्वसाधारणले जनस्वास्थ्यको मापदण्ड अपनाएका छैनन् । हामीले अति आवश्यक नपरी घरबाट बाहिर ननिस्कनु भनेर अनुरोध गर्दै आए पनि यसमा अटेरी भइरहेको पाएका छौं । घरबाट निस्कनै पर्दा अपनाउनुपर्ने सावधानीमा त्यस्तै लापरबाही गरिरहेका छन् । अनिवार्य मास्क लगाउने, हात धुने, भेटघाट गर्दा कम्तीमा दुई मिटर दूरी कायम गर्नुपर्ने कुनै पनि नियम सर्वसाधारणले मानिरहेका छैनन् । अर्को कुरा चिकित्सक र स्वास्थ्यकर्मी पनि ठूलो संख्यामा संक्रमित भइरहेका छन् । सावधानी अपनाउने विषयमा उनीहरूको पनि उत्तिकै कमजोरी छ । कोभि
