अष्ट्रेलियाको हातमा सिरिजको उपाधि

काठमाडौं । आश्विन– ०१, अष्ट्रेलियाले इंग्ल्यान्डलाई ३ विकेटले हराएको छ । तेस्रो तथा अन्तिम ओडिआई खेलमा तीन विकेटले पराजित गर्दै सिरिजको उपाधि २–१ ले जितेको छ ।जितका लागि इंग्ल्यान्डले प्रस्तुत गरेको ३०३ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४९.४ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्यो ।
म्यानचेस्टरमा टस जितेर पहिला ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २ रन बनाएको थियो । यसैगरी पहिलो खेलमा अष्ट्रेलिया १९ रनले विजयी हुँदा दोस्रो खेलमा २४ रनले पराजित भएको थियो ।