अनौठो पुरुष जस्ले जन्माए बच्चा

एजेन्सी । आश्विन– ०१, साधारण तया गर्भधान भन्ने बिक्तिकै हामी कुनै महिला तथा स्त्री लिंगले मात्र गर्ने भन्ने बुझ्छौं । र अहिलेसम्म पनि बुझिआएकोनि यहि छ । हुन पनि प्राकृतिकको नियम पनि त्यही नै हो । पुरुष लिंग भएकाहरु कुनै पनि मानव तथा जिव जन्तुले बच्चा जन्माएको भन्ने कहि पनि प्राकृतिक रुपमै हुदैन् ।
तर पछिल्लो समय दुनियामा बिभिन्न असम्भब भन्ने कुराहरुलाई बैज्ञानिक ढंगले सम्भव बनाएको सुन्नमा आईरहेका हुन्छन् । अष्ट्रेलियामा २२ जना पुरुषहरुले बच्चा जन्माएका छन् । केहि समय अगाडि अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा २२ जना पुरुषहरुले बच्चा जन्माएका छन् । तर उनिहरु भने प्राकृतिक रुपमा नै पुरुष हैनन् । जानकारीको लागी लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेकाहरुले नवजात शिशुलाई जन्म दिन सफल भएका हुन् ।