चलचित्र रेड वाइनमा पल र साम्राज्ञी जोडी

सहयात्रा टिभी

काठमाडौं । असोज–०६, अभिनेता पल शाह र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको फ्यानका लागि खुसिको खबर । अब यी दुईलाई एउटै चलचित्रमा देख्न पाइने भएको छ । यी दुवै अभिनेता अभिनेत्री नयाँ चलचित्र रेड वाइनमा अनुबन्धित भएका छन् । चलचित्रमा पहिलोपटक पल र साम्राज्ञी जोडी बाँधिन लागेको हो ।

पल र साम्राज्ञीको साथमा सन्दीप क्षत्री र इमिली लामाले पनि चलचित्रमा अभिनय गर्दै छन् । चलचित्रमा अमेरिकाका चर्चित र स्थापित व्यवसायी पासाङ लामा र आर्यन पौडेलको लगानी रहनेछ । चलचित्रको सहनिर्मातामा निरू भण्डारी रहेकी छन् । चलचित्रको सम्पूर्ण छायांकन अमेरिकामा गर्ने तयारी भइरहेको निर्माण पक्षले जनाएको छ ।

प्रकाशित : 22 September, 2020

प्रतिक्रिया दिनुहोस्