धनियामा भएका औषधिय गुण, जुन हाम्रो शरीरका लागि अत्यावश्यक

सहयात्रा टिभी

काठमाडौं । असोज–०७, अचारमा होस् वा तरकारीमा धनियाको मिश्रणले स्वाद दोब्बर बढाउँछ । भनिहालौ, धनियामा औषधिय गुण पनि हुन्छ । यसमा क्याल्सियम, आयरन, पोटाशियम, फास्फोरस, कैरोटिन, भिटामिन ‘सी’ लगायतका पौष्टिक तत्व पाइन्छ, जुन हाम्रो शरीरका लागि अत्यावश्यक हुन्छ ।धनियालाई तरकारी र अचारमा मात्र होइन, जुसको रुपमा पनि सेवन गर्न सकिन्छ । र, यसमा औषधिय गुण बढी हुन्छ ।

पाचन क्रिया स्वस्थ्य
नियमित धनियाको जुस सेवन गर्नाले पाचन क्रियालाई स्वस्थ्य बनाउँछ । पेट फुल्ने, खाना अपच हुने, पेट ढुस्स हुने, छाती पोल्ने जस्ता समस्यमा धनियाको जुसले प्रभावकारी काम गर्छ ।
उच्च रक्तचाप नियन्त्रण
धनियामा कैल्सियम, आयरन जस्ता तत्व पाइन्छ । बिहान खाली पेटमा धनियाको जुस सेवन गर्दा त्यसले उच्च रक्तचाप नियन्त्रणमा प्रभावकारी काम गर्छ ।
अनिन्द्रामा
सुत्नु अघि एक गिलास धनियाको जुसको सेवन लाभदायक हुन्छ । यसले शरीरलाई आराम दिनुका साथै विना कुनै औषधी राम्रो निद्रा लगाउन मद्दत गर्छ ।
हड्डी बलियो बनाउँछ
धनियाको जुसको सबैभन्दा ठूलो फाइदा भनेको धनियामा भरपुर मात्रामा कैल्सियम पाइन्छ, जसले हाम्रो हड्डीलाई बलियो बनाउँछ । साथै भाँचिएको हड्डी जोड्न पनि मद्दत गर्छ ।
संक्रमणबाट बचाउँछ
धनियामा एन्टीसेप्टिक गुण हुन्छ, जसले शरीरलाई विभिन्न प्रकारका संक्रमणबाट बचाउँछ । नियमित रुपमा धनियाको जसको सेवनले पानी तथा खाद्यानको सेवनले शरीरमा हुनसक्न विभिन्न संक्रमणाट बचाउन सहयोगीको भूमिका निर्वाह गर्नसक्छ ।
मुधमेह कम गर्छ
धनियालाई एन्टीबायोटिक जडिबुटीको रुपमा चिनिन्छ । प्राकृतिक रुपमा यसलाई मधुमेह कम गर्नको लागि प्रयोग गरिन्छ ।
छाला सम्बन्धि समस्यामा
धनियामा एन्टी फंगस, एन्टीसेप्टीक तथा एन्टी अक्सिडेन्ट पाइन्छ । यसको नियमित सेवनले छाला सम्बन्धि सबै प्रकारका समस्याबाट बच्न सकिन्छ ।
मुटु स्वस्थ राख्छ
धनियाको सेवनले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । धनियामा एन्टी अक्सिेडेन्ट तत्व प्रचुर मात्रा पाइन्छ, जसले खराब कोलेस्ट्रोल कम गर्न मद्दत गर्छ, र राम्रो कोलेस्ट्रालको मात्रालाई बढाउँछ ।

प्रकाशित : 23 September, 2020

प्रतिक्रिया दिनुहोस्